जापानको एकमात्र कम्पनि जसले भि सि आर प्लेएर बनाउदै आइरहेको थियो, अब भिसिआर प्लेएर नबनाउने भएको छ । संसारभरमा डिजिटल प्रबिधिले गर्दाखेरी भिसिआरले लोकप्रियता गुमाउदै गएको अवस्थामा जापानको एउटा मात्र कम्पनि फुनाइ इलेक्ट्रिकले अहिलेसम्म भिसिआर मेसिनहरु बनाउदै आइरहेको थियो । यसअघि जापानको पानासोनिक कम्पनिले
@)!@ मै भिसिआर उपकरण बनाउन बन्द गरेको थियो ।
जापानको फुनाइ कम्पनिको अनुसार, अहिले संसारभर इन्टरनेटबाट फिल्म तथा भिडियोहरु हेर्न मानिसले धेरै रुचाएको कारणले भिसिआरको मागमा कमि आएको बताएको छ । कम्पनिले अघिल्लो बर्ष मात्र सात लाख पचाँस हजार भिसिआर बिक्री गरेको थियो ।
भिसिआर १९८० तिर धेरै प्रख्यात थियो तर पछि जब १९९५ मा डिभिडि संसारमा भित्रियो तबदेखि भिसिआरको लोकप्रियता घट्दै गइरहेको थियो र अहिले पनि कतिपए मानिसहरुको घरमा भिसिआर छन् र सो भिसिआरलाइ डिजिटल भिडियो अर्थात डिभिडि वा कम्प्युटर को हार्ड ड्राइभमा राख्न सकिन्छ । खासगरेर भिसिआरको प्रयोग भिडियो क्यामरामा भिडियो रेकर्ड गर्न, टिभिमा आएको प्रोग्रामहरु रेकर्ड गर्न तथा फिल्महरु हेर्न प्रयोग गरिन्छ ।


No comments:
Post a Comment