के हो जी.पी.एस ?
जी.पी.एस को पुरा नाम ग्लोबल पोजिसनिङ्ग सिस्टम हो । जी.पी.एस को सहाएताले पृथ्वीमा रहेको कुनै पनि बस्तु कहाँ छ भनेर पत्ता लगाउन सकिन्छ । पहिलेको जमानामा मनिसहरु एक ठाउँबाट अर्को ठाउमा जादा कम्पास अथवा केहि चिन्हलाइ पहिलाएर जाने गर्दथे तर जी.पी.एस ले यो समस्यालाई हटाइदिएको छ । तपाइलाई पृथ्वीको एउटा कुना बाट अर्को कुनामा पुग्नको लागि जी.पी.एसको सहाएता बाट मात्र सम्भव छ । पहिले–पहिले जी.पी.एस प्रायजसो मोटर, कार आदिमा एक ठाउबाट अर्को ठाउँमा जानको लागि मात्र प्रयोग हन्थ्यो तर अहिले टेक्नोलोजीले गर्दा जी.पी.एस बृहत रुपमा धेरै उपकरणहरुमा प्रयोग हुन थालेको छ । अहिले सानो स्मार्टफोनमा पनि जी.पी.एसको प्रयोग हुन्छ । मोबाइल फोनहरुमा जी.पी.एसको प्रयोगले एउटा मोबाइलको भरमा कुनैपनि ठाउँमा पुग्न सकिन्छ । त्यस्तै जी.पी.एस को प्रयोग मोटरसाइकल, कार हरु को सुरक्षाको लागि पनि हुन थालेको छ । यदि तपाइको कारमा जी.पी.एस राखिएको छ भने चोरले कार चोरेर लग्दा पनि कार कहाँ छ भनेर इन्टरनेटमा हेर्न सकिन्छ । यो सबै जी.पी.एस टेक्नोलोजिले गर्दा सम्भव भएको हो ।
कसरी जी.पी.एस ले काम गर्छ ?
जी.पी.एस ले बाहिरबाट सिग्नल लिएर मात्र काम गर्दछ । मोबाइल फोनहरुको जस्तो जी.पी.एस को छुट्टै टावर हुदैन । पृथ्वी बाहिर अन्तरिक्षमा रहेको २४ भन्दा बढि स्याटेलाइट पृथ्वीको वरिपरि घुमिरहेको हुन्छ जस्को काम जमिनमा रहेको जी.पी.एस भएको कुनै पनि उपकरणलाइ सिग्नल पठाउने हो । यदि तपाइसँग जी.पी.एस भएको मोबाइल छ भने सो मोबाइलले अन्तरिक्षमा रहेको २४ भन्दा बढि स्याटेलाइट मध्य कुनै पनि दुइ भन्दा स्याटेलाइट बाट निस्केको सिग्नल प्राप्त गरेर ट्रियाङ्गुलेसन सिद्धान्त बाट आफ्नो सहि स्थीती पत्ता लगाउदछ ।

No comments:
Post a Comment