अब चाडैँ नै अन्तरिक्षमा बस्ने मानिसको लागि आवश्यक पर्ने खानेकुराहरु त्यहि उमारिने भएको छ । युरोपले एउटा यस्तै प्रोजेक्टमा लगानी गर्ने भएको छ जसको मुख्य उद्धेश्य अन्तरिक्षमा बस्ने मानिसहरुको लागि आवश्यक पर्ने फलफुल तथा अन्न उमार्नु हो ।
हाल अन्तरिक्षमा धेरै देशका मान्छेहरु बस्दै आएका छन् र त्यहाँ बस्ने मानिसको लागि खाना पृथ्वीबाट पठाइदै आइरहेको छ जसमा धेरै खर्च लाग्ने गर्दछ । अन्तरिक्षमा एक किलो सामान पठाउन ७ हजार डलर देखि १० हजार डलरसम्म खर्च लाग्दछ । अब अन्तरिक्षमा आवश्यक पर्ने अन्न तथा साग सब्जिहरु त्यहि उत्पादन हुने भएपछि पथ्वीबाट खाना पठाउन लाग्ने खर्च त कम हुने नै भयो भविस्यमा चन्द्रमा तथा मङ्गल ग्रहमा पनि यसरी अन्न तथा फलफुल उत्पादन गर्न सकिने छ ।

No comments:
Post a Comment