इ–इन्क को अर्थ ईलेक्ट्रोनिक इन्क हुन्छ अर्थात यसको प्रयोग ईलेक्ट्रोनिक किताबहरु बनाउनको लागि गरिन्छ । हामीले कम्प्युटर तथा आई प्याड आदिमा न्युजहरु पढेको छौ सो न्युजहरु पढ्दा त्यसको डिस्प्लेबाट निस्कने प्रकाशले हाम्रो आखालाइ हानि पुर्याउछ र हामी धेरै समय त्यस्तो प्रकारको डिस्प्लेमा पढ्न सक्दैँनौ । त्यसैगरि हामीले पत्रिकाहरु उज्यालोमा बसेर आरामले पढ्न सक्छौ अर्थात इ–इन्क बाट बनेको डिस्प्ले पनि एक प्रकारको पत्रिका नै हो जसलाइ हामी उज्यालो मा आरामले पढ्न सक्छौ यो डिस्प्लेमा हेर्दा हाम्रो आखालाइ असर गर्दैन किनभने अरु डिस्प्लेमा जस्तो यसबाट प्रकाश बाहिर निस्कदैन । उदाहरणको लागि हाम्रो किताबको पानामा देखिने अक्षर र इ–इन्क डिस्प्लेमा देखिने अक्षरमा केहि फरक हुदैन, हाम्रो किताबमा स्थाइ अक्षर हुुन्छ जसलाइ मेट्न सकिदैन तर यो डिस्प्ले देखिने अक्षर सबै इलेक्ट्रोनिक भएको कारणले जसलाइ मेट्न सकिन्छ ।
‘‘यो अम्याजन किन्डल” अम्याजन कम्पनिले बनाएको इलेक्ट्रोनिक किताब हो जसमा लाखौ किताबका लेखहरु राख्न सकिन्छ ।
इ–इन्क डिस्प्लेको मुख्य बिषेशता यसमा देखिने अक्षर हो जुन हाम्रो किताबमा नाङ्गो आखाले देखिने अक्षर जस्तै हुन्छ । अहिलेसम्म यो प्रविधिबाट धेरै कम्पनिहरुले बिभिन्न प्रकारको इलेक्ट्रोनिक उपकरणहरु बजारमा ल्याएका छन् । उदाहरणको रुपमा अम्याजोन कम्पनिले बनाएको अम्याजोन किन्डललाई लिन सकिन्छ । जुन एउटा इ–बुक हो जसमा कथा, स्कुलका किताबहरु सङ्ग्रह गरेर राखिएको हुन्छ । त्यस्तैगरी रसियन कम्पनिले एउटा मोबाइल फोन पनि बजारमा ल्याएको छ जसलाइ योटा फोन भनिन्छ सो फोन को डिस्प्ले पनि इ–इन्क पद्धतिबाट बनाइको हो । सोनि कम्पनिले पनि बजारमा इ–इन्क बाट बनेको स्मार्ट वाच अर्थात घडि बजारमा ल्याएको छ ।

फाइदा
इ–इन्क डिस्प्लेको धेरै फाइदाहरु छन् । मुख्य फाइदा भनेको इ–इन्क डिस्प्लेले साधारण डिस्प्लेले जस्तो हाम्रो आखाँलाइ हानि पुुर्याउदैन । तपाइले यसमा हजारौ लेखहरु डाउनलोड गरेर राख्न सक्नुहुन्छ जसले गर्दा तपाइलाइ किताब तथा पत्रिकाहरु किनिराख्नु पर्दैन । तपाइ घण्टौ सम्म इ–इन्क डिस्प्ले बाट बनेको किताबलाइ पढ्न सक्नुहुन्छ । यसको अर्र्को ठुलो फाइदा भनेको यो डिस्प्लेले ब्याट्रि कम खपत गर्छ । अम्याजन किन्डल जुन इ–इन्क प्रबिधिबाट बनाइएको हो जसलाइ एकपटक चार्ज गरे पछि २–३ महिनासम्म चार्ज गर्नुपर्दैन ।

इ–इन्क बाट बनेको उपकरणहरु हाम्रो दैनिक जिवनमा धेरै फाइदाजनक छन् । इन्जिनियर हरुले बर्षै पिच्छे यो डिस्प्लेमा परिवर्तन ल्याइरहेका छन् । अब भविस्यमा इ–इन्क प्रबिधिबाट कम्प्युटर डिस्प्ले, टेलिभिजन आदी पनि बनेको देख्न पाइनेछ । यदि तपाइलाई किताबहरु पढ्ने बानी छ भने तपाइले गह्रुङ्गो किताब बोक्नुको साटो इ–इन्क बाट बनेको इलेक्ट्रोनिक डेभायस जस्तै अम्याजन किन्डल, कोबो इ–रिडर आदी किनेर पढ्न सक्नुहुन्छ । जहा लाखौ लेखहरु निशुल्क पाइन्छ ।

No comments:
Post a Comment