हामीले हातमा लगाउने घडिको बारेमा सबैलाइ थाहाँ छ । एउटा एनालग अर्थात यो घडिलाइ नेपालीमा सुइवाला घडि पनि भनिन्छ जसमा सियो भन्दा पनि सानो पिनहरुले समय देखाउने गर्दछ भने अर्को घडि डिजिटल घडि हो । जसले समयलाइ अङ्कमा देखाउदछ ।
तर अहिले टेक्नोलोजीमा भएको बिकाशले गर्दा स्मार्टवाच भन्ने नयाँ घडि बजारमा थपिएको छ । स्मार्ट वाच अर्थात यो घडिमा साधारण घडिले जस्तो समय मात्र देखाउनुको अलावा धेरै सुबिधाहरु दिन्छ । अहिले बिभिन्न प्रकारको ठुला ठुला कम्पनिहरु जसले स्मार्टफोन बनाइराखेका छन् उनिहरुले स्मार्टवाच बनाउन थालेका छन । सामसुङ्ग, मोटोरोला, एल जी जस्ता थुप्रै स्मार्टफोन बनाउने कम्पनिहरु अहिले स्मार्टवाच बनाउने प्रतिस्पर्धामा उत्रीएका छन् र यसमा अहिले एप्पल कम्पनि पनि थपिएको छ ।
एप्पल कम्पनि जसले आइफोन, आइपोड, म्याक बुक ल्यापटप आदि बनाउने गर्दछ , हाल आएर एप्पल कम्पनिले स्मार्टवाच बजारमा ल्याएको छ । एप्पल कम्पनिको ग्याजेटहरु बिश्वभर धेरै प्रख्यात छन् । एप्पलले बनाएको एप्पल स्मार्टवाचले साधारण घडिले भन्दा धेरै कामहरु गर्न सक्छ । यो स्मार्टवाचमा फेसबुक पनि चलाउना सकिन्छ र आफुले चाहेको व्यक्तिलाइ मेसेज पनि पठाउन सकिन्छ । एप्पल स्मार्टवाचमा सिरी पनि राखिएको छ जसले हामिले बोलेको भरमा मौसमाको जानकारी, बाटोको दिशा तथा थुप्रै कामहरु गर्न सक्छ । एप्पल स्मार्टवाचमा बिश्वभरको नक्सा हेर्न सकिन्छ जसको सहायताले हामि कुनैपनि ठाउमा पुग्न सक्छौ । एप्पल कम्पनिले दुइवटा आकारको स्मार्टवाच बजारमा ल्याएको छ जसमा ३८ एम.एम आकारको स्मार्टवाचलाइ ३४९ डलर पर्छ भने ४२ एम.एम आकारको को स्मार्टवाचलाइ ३९९ डलर पर्दछ ।

No comments:
Post a Comment