स्मार्टफोन केवल फोन गर्नको लागि मात्र प्रयोग हुदैन, स्मार्टफोनमा साधारण कुराकानि बाहेक इन्टर्नेट, भिडियो कुराकानी, लोकेसन, क्यामेरा, गेमहरु आदिको पनि सुबिधा राखिएको हुन्छ । यीनै विविध कारणले गर्दा एउटा साधारण फोन स्मार्टफोन बन्दछ । एप्पलको आईफोन, सामसँगको ग्यालक्सि मोबाइल आदि सबै स्मार्टफोन हुन् ।
स्मार्टफोन एउटा कम्प्युटर नै हो किनभने यसबाट कम्प्युटरमा गर्न सकिने कामहरु पनि गर्न सकिन्छ र अहिलेको स्मार्टफोनले पहिलेको कम्प्युटर भन्दा पनि बढि काम गर्न सक्छ । स्मार्टफोनका केहि बिशेषताहरु तल दिइएको छ ।
१= क्यामेरा
अहिलेको मोबाइल फोनहरु प्राय सबैमा क्यामेरा राखिएको हुन्छ जसबाट डिजिटल फोटो तथा भिडियो खिच्न सकिन्छ । साधारण हातमा अटाउने स्मार्टफोनमा पनि अहिले ४१ मेगा पिक्सेलको क्यामेरा राख्न थालिएको छ । नोकिया लुमिया १०२० मा ४१ मेगापिक्सेलको क्यामेरा राखिएको छ ।
२= डिस्प्ले
डिस्प्ले आखाले देखिने भाग हो हामीले मोबाइलमा गरेको सबै कामहरु डिस्प्ले बाट हेर्न सकिन्छ । मोबाइलमा हुने डिस्प्ले पनि धेरै प्रकारका हुन्छन । एल=सी=डि, एल.इ.डि, आदि डिस्प्ले स्मार्टफोनमा धेरै प्रयोग हुन्छन । पहिले यी डिस्प्लेबाट टिभि मात्र बनाइन्थ्यो तर टेक्नोलोजिले गर्दा हातमा अटाउने मोबाइलमा पनि यस्ता डिस्प्ले राख्न थालिएको छ ।
३= कम्पास
कम्पास उत्तर, दक्षिण आदि दिशा पत्ता लगाउनको लागि प्रयोग गरिन्छ । उहिलेको युगमा मानिसहरु कहि जानु पर्दा बाटो नभुलोस भनेर कम्पास बोकेर हिड्ने गर्दथे तर अहिलेको स्मार्टफोनमा नै कम्पास राखिएको हुन्छ अर्थात हातमा अटाउने सानो स्मार्टफोनलाइ कम्पासको रुपमा प्रयोग गर्न सकिन्छ ।
४= ब्यारोमीटर
ब्यारोमीटर हावाको चाप नाप्नको लागि प्रयोग गरिन्छ । यदि हामी उचाइमा जादैछौ भने ब्यारोमिटर निकै उपयोगि हुन्छ । अहिले यो सुबिधा पनि स्मार्टफोनहरुमा पाउन सकिन्छ । एप्पलले आइफोन ६ मा पहिलोपटक ब्यारोमीटरको सेन्सर राखेको छ जस्ले हावाको चाप नाप्नुको साथ साथै कति उचाइमा पुगियो भनेर पनि पत्ता लगाउन मद्धत गर्दछ ।
५= जी=पी=एस
अहिलेको आधुनिक स्मार्टफोनमा नभइ नहुने सुबिधा जी.पी.एस हो । कम्पासले केवल उत्तर, दक्षिण मात्र पत्ता लगाउन मद्धत गर्दछ तर जी=पी=एस को सहायताले हामी कुनै पनि ठाउमा पुग्न सक्छौ र जी=पी=एस ले हामी पृथ्वीको कुन भागमा छौ भनेर पनि देखाउदछ । स्मार्टफोनमा जी=पी=एस सेन्सर राखिएको हुन्छ जस्ले अन्तरिक्षमा पृथ्वीलाइ चक्कर लगाइरहेका कयौ स्याटेलाइट बाट सिग्नल प्राप्त गरेर आफ्नो सहि स्थीती पत्ता लगाउदछ ।
६= थर्मोमीटर
आजकालको स्मार्टफोनमा थर्मोमिटर पनि राख्न थालिएको छ । यसले बाहिरको तथा सरिरको तापक्र नाप्ने गर्दछ । अहिलेको युग भनेको न्यानो टेक्नोलोजीको युग हो । त्यसैले सानो मोबाइलफोनमा पनि थर्मोमीटर, ब्यारोमीटर जस्ता धेरै सेन्सर राख्न सम्भव भएको छ । सामसँग कम्पनिको ग्यालेक्सि एस ४ स्मार्टफोनले थर्माेमीटरको पनि काम गर्दछ ।






No comments:
Post a Comment