Saturday, 31 January 2015

क्लास अफ क्लानस् गेम

यदि तपाइलाई अल्छि लागिरहेको छ र तपाईसँग एण्ड्रोइड अथवा आइ.ओ.एस अपरेटिङ्ग मोवाइल छ भने तपाई क्लास अफ क्लानस् नामको प्रख्यात गेम खेल्न सक्नुहुन्छ । यो गेम आइप्याड, आइफोन, सामसँगको ग्यालक्सि फोन तथा अरु कम्पनिको एण्ड्रोइड स्मार्टफोनमा खेल्न सकिन्छ । यो गेम खेल्नको लागि दक्ष हुनु पर्दैन साथ–साथै सानो योजना बनाएर अगाडि बढ्दै गयो भने सजिलै लेवलहरु कटाउन सकिन्छ । क्लास अफ क्लान्समा १९७ भन्दा बढि लेवल हुन्छ । यो गेम युद्ध लाइ समेटेर बनाइएको छ । जसमा आफ्नो बेसलाइ बलियो बनाउदै लैजानुपर्छ । तोप, मोर्टार, आर्चर हरुले बेसलाइ बलियो बनाउने काम गर्दछ । किनभने कुनै पनि ब्यक्ति आएर गोल्ड तथा एलिक्सिर लुटेर लैजान सक्दछन र गोल्ड तथा एलिक्सिर बेसलाई अपग्रेड गरेर बलियो बनाउन महत्वपुर्ण हुन्छ ।


 क्लास अफ क्लानस् गेम संसारभरिका मानिसले खेल्दछन र ग्लोवल च्याटमा गएर उनिहरुसँग च्याट पनि गर्न सकिन्छ । क्लास अफ क्लानस् मा आफ्नो ग्रुप बनाएर क्लान वार पनि गर्न सकिन्छ र सो गु्रप बनाउदा आफु लिडर बनेर अरु प्लेयरलाइ को लिडर तथा मेम्बर को पोष्ट दिन सकिन्छ ।


No comments:

Post a Comment