अहिले एन्ड्रोइड तथा आइ ओ एस मोबाइलहरुमा ''पोकेमोन गो'' गेम धेरै प्रख्यात हुदै गइरहेको छ । पोकेमोन गो, गेम अमेरिकाको गेम कम्पनि नियान्टीकले ले बनाएको हो र पोकेमोन को सबै गेमहरुमा जापानको कम्पनि निन्टेन्डोको तेत्तिस प्रतिशत शेएर रहेको छ । ''पोकेमोन गो'' गेम छ जुलाइमा अमेरिका र अस्ट्रेलियाबाट सुरु गरिएको थियो र शुरु भएको तिन दिनमा अमेरिकाको पाँच प्रतिशत एन्ड्रोइड फोन तथा ट्याब्लेटहरुमा यो गेम डाउनलोड गरिएको थियो । ''पोकेमोन गो'' गेम थोरै समयमा धेरैनै प्रख्यात हुदै गइरहेको छ । यो गेमले गर्दा निन्टेन्डो कम्पनिको शेएर को मुल्य पचास प्रतिशतले बढेको छ । ''पोकेमोन गो'' गेम, बेलाएतमा १४ जुलाईमा लन्च गरिएको थियो ।
कसरि खेल्ने
यो गेम खेल्नको लागि जीपीएस भएको मोबाइल चाहिन्छ र यो गेम एउटा भर्चिअल रिआलिटि गेम जस्तै हो । जसले तपाइको ठाउँलाइ गेममा परिवर्तन गर्दछ र यो गेम खेल्नको लागि बिभिन्न ठाउमा कार्टुनका पात्रहरु राखिएका हुन्छन जसलाइ हामिले सो ठाउँमा हिडेर, सो कार्टुनको पात्रलाइ एउटा बलले हिर्काउनु पर्दछ र बलले सो पात्रलाइ लागेपछि गेमको एउटा भाग जित्न सफल भइन्छ । कुनै-कुनै पात्रहरु धेरै टाढा, दुइ वा तिन किलोमिटर टाढासम्म पनि हुन सक्छन् यसकारण हामिले गेममा सो पात्रलाइ भेट्न धेरै हिड्नुपर्ने वा कारको पनि आवस्यकता हुन सक्छ ।
पोकेमोन गो, गेम आइओएस र एन्ड्रोइड दुबै मोबाइल वा ट्याब्लेटमा खेल्न सकिन्छ ।
शुरक्षा
यो गेम खेल्दा सडकमा वा सांघुरो गल्लिहरुमा हिड्नुपर्ने हुन्छ यसकारण अरु गेमजस्तो यो गेम १०० प्रतिशत शुरक्षित हुदैन । तपाइ बाटोमा हिड्दा मोटरहरुसँग ठक्कर खाने वा लड्ने सम्भावना हुन सक्छ यसकारण यो गेम खेल्दा धेरै ध्यान दिनुपर्दछ, बिशेष गरेर आखा सधै मोबाइलमा केन्द्रित नगरेर सडकमा पनि ध्यान दिनुपर्दछ ।
No comments:
Post a Comment