नेपालीमा शुक्ष्मदर्शक एन्त्र पनि भनिन्छ र अंग्रेजीमा माइक्रोस्कोप भनिन्छ । माक्रोस्कोपको प्रयोग हाम्रो नांगो आखाले देख्न नसकिने ब्यक्टेरियाहरु वा शरिरको कोसिकाहरुको जाँचबुझ गर्न प्रयोग गरिन्छ, अब बैज्ञानिकहरुले पहिलोपटक नयाँ माइक्रोस्कोपको आविस्कार गरेका छन् जुन माइक्रोस्कोपको प्रयोग बिशेष गरेर पानी भित्र अर्थात समुद्र वा नदी भित्र गर्न सकिन्छ । अहिले सम्मको माक्रोस्कोपहरु केवल बाहिरी वातावरणमा मात्र काम गर्न मिल्ने थियो ।
यस माक्रोस्कोपको आविस्कार अमेरिका स्थित क्यालिफोर्नियाको सान डिएगो युनिभर्सिटिका बैज्ञानिकहरुले गरेका हुन् र यसको नाम बेन्थीक अन्डरवाटर माइक्रोस्कोप राखिएको छ जसमा पानीमुनी हेर्न सकिने एउटा कम्प्युटर सहितको डिस्प्ले पनि राखिएको छ र अध्ययन गरिएका बस्तुहरुलाइ रिकर्ड पनि गर्न सकिन्छ ।
खासगरेर कुनैपनि समुन्द्र भित्र रहेको बस्तुलाइ बाहिर निकालेर माइक्रोस्कोपबाट अध्ययन गर्न सम्भव हुदैन किन भने कतिपए जिवानुहरु बाहिर बाच्न सक्दैनन् यसकारण अव यो बेन्थीक अन्डरवाटर माइक्रोस्कोप को सहायताबाट अब धेरै कुराहरुको रहस्यहरु पत्ता लगाउन सकिन्छ ।
No comments:
Post a Comment