Wednesday, 24 June 2020

हाम्रो घरमा हुनैपर्ने स्वास्थ्यको बारेमा थाहाँ पाउने उपकरणहरु

हाँमी सबैलाइ आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहना हुन्छ । तर नचाहदा-नचाहादै पनि हाम्रो शरिरमा धेरै प्रकारका जिवहरुले आक्रमण गर्छन र हामी बिरामी पर्दछौ । हामीलाइ बाहिरको शरिरमा भएको परिवर्तन वा आक्रमणहरुको बारेमा त थाहा हुन्छ तर शरिर भित्र के चलिरहेको छ भन्ने बारेमा थाहा हुदैन । कहिलेकाहि सामान्य लाग्ने रोगलाइ हामी वास्ता गर्दैनै र त्यहि रोगले गर्दा ज्यान जान सक्छ ।

हाम्रो शरिर भित्र के भइराखेको छ भनेर जाच्न अस्पतालमा जान्छौ तर अस्पतालमा जान समय लाग्नेघन्टौ लाइन बस्नुपर्ने तथा खर्च पनि धेरै हुने जस्ता समस्याहरु आउछन । तर अहिले बिज्ञानमा भएको उपलब्धीले हामीले साधारण प्रकारको जाँच घरमै बसेर गर्न सक्छौ । यहाँ तल तिनै सस्तो उपकरणहरुको बारेमा हेरौँ ।

 ब्लड प्रेशर मनिटर

पहिले-पहिले हाम्रो शरिरको रगतको प्रेशर नाप्न यनालग उपकरणको प्रयोग गरिन्थ्यो तर अहिले यो उपकरणको डिजिटल भर्सन बजारमा आइसकेको छ । जुन साधारण मानिसले पनि सजिलै बुझ्न सक्छ । र यसको मुल्य पनि धेरै पर्दैन । ब्लड प्रेशर नाप्नाले हाम्रो शरिरमा धेरै प्रेशर छ वा थोरै छ भनेर थाहाँ पाउन सकिन्छ र यदि चाहिनेभन्दा धेरैनै घटबढ छ भने त्यहि अनुसार खानपिन वा डाक्टरलाइ देखाउन सकिन्छ । मानिसको आयु अनुसार ब्लडप्रेशर धेरै वा कम हुन सक्छ । शरिरको नर्मल ब्लड प्रेशर थोरैमा असि र धेरैमा एकसय बिस हो ।

 

 
 

थर्मो मीटर

थर्मोमिटरले हाम्रो शरिरको तापक्रमलाइ नाप्छ र हाम्रो शरिरको नर्मल तापक्रम भनेको सन्तानब्य फरेनहाइट वा छत्तिस दशमलव पाच हो र यो पनि ब्यत्ति अनुसार थोरैमात्रामा घटबढ हुन सक्छ । यहि हामीलाइ बिरामी जस्तो महसुस भयो भने थर्मोमिटरले ज्वरो कति आएको छ थाहाँ पाउन सकिन्छ । कहिलेकाहिँ ज्वरै नआएपनि हामी आत्तीन्छौ तर घरमा एउटा थर्मोमिटर राख्नाले धेरै मद्त पुग्छ ।

 

नोट : यदि तपाइहरुले यी दुइ उपकरण किन्नुभयो भने स्वास्थ्यको बारेमा धेरै कुराहरु थाहा पाउन सकिन्छ । र यी उपकरणहरुलाइ सय प्रतिशत बिस्वास गरेर आफैँले औषधि खानुभन्द पहिले डाक्टरलाइ देखाउन नभुल्नुहोला । धन्यवाद


पाइल्स वा हेमोरोइड हुदा के खाने ?

"थप फाइबर " "हाइड्रटेड रहनुहोस्" (Drink More Water and Stay Hydrated), जुन सल्लाह हामी सबैँले अरुबाट पाउने गर्दछौँ र यसलाइ सकारात्मक तरिकाले पनि लिनुपर्छ । तर बजार जादा के-के खानेकुराहरु किन्ने भन्ने बारेमा हामीलाइ थाहाँ नहुन सक्छ ।

तल हामी बिशिष्ट खानेकुराहरु हेरौ जसले यो समस्यालाइ कम गर्न मदत गर्छ र अनावस्यक खानेकुराहरु को बारेमा पनि जानौ जसले समस्यालाइ बल्झाउछ ।

फाइबरको प्रकारहरु (Types of Fiber)

1. घुलनसिल फाइबर

मकैको पिठोलाइ पानीमा घोल्दा कस्तो बन्छ तपाइले अनुमान गर्न सक्नुहुन्छ । यो फाइबरले गर्दा दिसा कोमल हुन्छ र मलद्धाबाट सजिलैसँग निस्कन्छ जुन हेमोरोइड्सबाट जोगिनको लागि अति आवश्यक कुरा हो ।


 

2. अघुलनशिल फाइबर

जुन पानीमा घुल्दैन, जस्तोकि यदि तपाइले ब्रोकोलीको टुक्रालाइ यो फाइबरको रुपमा लिन सक्नुहुन्छ । यो फाइबरले हामीले खाएको कुराहरुलाइ आन्द्राबाट सजिलै जान मद्धत गर्दछ । जुन शरिरलाइ सन्तुलित बनाउन अत्यावश्यक हो फाइबर बढि भएको धेरै खानेकुराहरुमा हामीले यो दुबै प्रकारको फाइबर प्राप्त गर्न सक्दछौ । मानिसलाइ दैनि 15 ग्रामभन्दा बढि फाइबरको आवश्यकता हुन्छ । तर धेरै फाइबरको मात्रा भयो भने पनि पेटमा ग्यास धेरै जम्मा हुने वा पेट फुल्ने समस्या हुन्छ  साथसथै हेमोरोइड्सबाट जोगिनको लागी तरल पदार्थको सेवन पनि बढि गर्नुपर्छ , दैनिक 2-3 गिलास पानी पिउनुपर्छ ।


काजु तथा गेडागुडीहरु

तपाइले गेडागुडीहरुबाट पनि पर्याप्त मात्रामा फाइबर प्राप्त गर्न सक्नुहुन्छ । अन्दाजी वटा आलमोन्डमा तपाइले ति ग्रामजती फाइबर सजिलै पाउन सक्नुहुन्छदैनिक गेडागुडीको सेवनले तपाइको सरिरलाइ फाइबर कमि हुन दिदैन ।

हामीलाइ मासु धेरै मन पर्छ तर मासुमात्रा खानुभन्दापनि मासुको साथसाथै खानामा गेडागुडीजस्तै राजमाभटमास आदि राख्नाले शरिरलाइ धेरै फाइदा पुग्छ ।


थप कुराहरु

यदि तपाइलाइ पाइल्स वा हेमोरोइड छ भने, ध्यान दिनुपर्ने मुख्य कुरा भनेको दिसालाइ नरम बनाउने हो । किनभने जब हाम्रो मलद्वारमा पाइल्स वा हेमोराइडले गर्दा घाउ हुन्छ सो घाउ निको हुन समय लाग्छ । र साधारणतया मानिसहरु दैनिकी दिसा गर्ने हुदा सो घाउ झन बल्झिन्छ । त्यसैले यदि दिसा नरम आयो भने हाम्रो दिसा निस्कासन हुने ठाउ, मलद्वार धेरै फैलिदैन र दिसाले हाम्रो मलद्वारको छालामा दवाव दिदैन । यस्तै क्रम चलिराख्योभने एक हप्तामा हाम्रो दिसाबाट रगत आउन रोकिन्छ र दिसा गर्दा गाह्रो हुदैन । 

तर हामीले बुझ्नुपर्ने कुरा भनेको जब हाम्रो दिसा साह्रो आउछ तब नै पाइल्स वा हेमोरोइड जस्ता समस्याहरु देखा पर्दछ । यदि बजारमा किनेको खानेकुराहरु खोनेहो भने यस्तो समस्याहरु आइरहन्छ । 

के खाने

पाइल्सबाट बच्नको लागि हामीले धेरै खर्च गर्नुपर्दैन । ढिडो, गहु, मकै, गेडागुडी आदी सिंगै पकाएर खानेहो भने हामीले पर्याप्त मात्रामा फाइबर प्राप्त गर्न सक्छौ र बजारमा यीनै चीजबाट बनेको, पाउरोटी, बिस्कुट, जेरि, आदि जुन खाना प्रोसेस गरेर बनेका छन हामीले खान कम गर्नु पर्दछ । 

र अन्तिममा म के भन्न चाहन्छुभने, हामी सबैँ नेपाली स्वस्थ रहौँ, बजारका प्रोसेस्ड (processed) खानेकुराहरु नखाऔँ । 

 





पृथ्वीमा भएका देशहरुको अनौठा कुराहरु


1. अफ्रीकामा चौउन्न (54) वटा देशहरु छन् ।


2. संसारमा बोलिने भाषामाएक तिहाई 1/3 भाषा अफ्रीकामा बोलिन्छ ।


3. नब्बे प्रतिशत पिउनयोग्य पानी अन्टार्टिकामा रहेको छ ।


4. अन्टार्टिकामा पोलार बिएर (ध्रुविय भालु) पाउदैन, जुन अर्कटिकमा पाउछ ।


5. युरोपमा दुइसय भन्दा बढि भाषामा मानिसहरु बोल्दछन ।


6. संसारको सबैभन्दा ठुलो देश रसिया हो ।


7. संसारको सबैभन्दा ठुलो आइल्यान्ड ग्रीनल्यान्ड हो ।

 

 


Tuesday, 23 June 2020

आइफोन ११ प्रो को बिशेषताहरु

यदि तपाई आइफोन किन्ने सोचमा हुनुहुन्छ भने हालसालैँ आएको

आइफोन ११ प्रो को बिशेषताहरुको बारेमा यहाँ तलको टेबलमा हेर्नुहोला ।

आइफोन ११ प्रो

बिशेषताहरु

आकार

लम्बाइ 5.67 इन्च, चौडाई 2.81 ईन्च र 0.32 इन्च

स्क्रीनको आकार

6.5 इन्च

स्क्रीनको आकार

रेटिना एक्सडिआर, 458 पिक्सेल घनत्व

पछाडीको मुख्य क्यामराहरु

तिनवटा बह्र मेगापिक्सेलका क्यामराहरुमा, एउटा वाइड, अर्कोे अल्ट्रा वाइड र तस्रो टेली लेन्स क्यामरा

फोर के भिडीयो क्षमता

सेल्फी क्यामरा

8 मेगापिक्सेल, फोर के भिडीयो खिच्ने क्ष्यमता भएको

एप्पल पे

नेटवर्क

जी क्षमता भएको

ब्लुतुथ

, भर्सन ५.०

लोकेसन

जीपीएस

वाइफाइ 

सेलुलर  

आइबेकोन माइक्रोलोकेसन

सिरी


सेन्सर

अनुहार आईडी

ब्यारोमीटर
एक्सेलेरोमीटर
निकटता सेन्सर
परिवेश प्रकाश सेन्सर

 


सिम कार्ड


डुअल सिम (न्यानो ‑ सिम र eSIM)

 

Saturday, 4 April 2020

अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रयोगशालामा कोरोना भाइरस विरुद्ध औषधि सफलतापूर्वक परीक्षण गरेका छन्

कोरोना भाइरसले संसारलाइ त्रसित बनाईरहेको बेलामा नया आशाँ पलाएको छ । हालै अस्ट्रेलियाको बैज्ञानिकहरुले आफ्नो प्रयोगशालामा कोरोनाभाइरस बिरुद्ध परजीवी मार्ने औषधिको प्रयोग गर्दा सो भाइरस ४८  घण्टाभित्र मरेको बताएका छन् ।
    इभरमेक्टीन Ivermectin नामको औषधि जसलाइ एचआइभि एड्स, डेन्गु, इन्फ्लुएन्जा र जिका भाइरसको बिरुद्ध प्रयोग गरिन्छ यो औषधिले कोरोना भाइरसलाइ पनि मारेर संसारलाइ नयाँ आशाँ दिएको छ ।

के हो कोरोना भाइरस
कोरोना भाइरस जुन पहिले चीनको वुहानमा देखिएको थियो र यो भाइरसले हाम्रो फोक्सोमा असर गर्दछ, अनि बिरामीलाइ निमोनिया भइ स्वास प्रस्वास गर्न गाह्रो हुन्छ । हालसम्म यो भाइरसले पचास हजार भन्दा बढिको ज्यान लिएको छ र एसको बिरुद्धमा भ्याक्सीन को खोजी भैरहेको छ ।







 source: https://www.khaleejtimes.com/coronavirus-pandemic/combating-covid-19-anti-parasitic-drug-killed-coronavirus-within-48-hours-in-lab

Thursday, 2 April 2020

नेपालमा कोरोना लागेकी पाचौँ महिला अंशु सापकोटा बाहिरबाट सोचेभन्दा बेग्लै समय अस्पतालमा बिताउदै


कोरोनाले बिस्वलाई प्रभाव पारिरहेको अवस्थामा नेपालमा कोरोना संक्रमीत पाचौँ युवतीले आफु कसरि क्वारन्टाइनमा दिन बिताइरहेको छिन भन्ने बारेमा अनलाईनमा बताएकी छिन् ।

      उनका अनुसार नेपाल सरकारले कोरोना बिरामीलाइ क्वारन्टाइनमा राखेपनि व्यतिगत क्रियाकलापहरु जस्तै फेसबुक चलाउन, साथीभाइसँग च्याट वा कुराकानी गर्न भने दिने बताएकी छिन् ।

कोरोनाको के कस्तो असर अंशुमा देखियो
१९ बर्र्षीय अशुं सापकोटाको घर बाग्लुङ्गमा पर्दछ । उनी बेल्जीएमबाट कतार हु्दै नेपालमा प्रवेश गरेपछि कोरोनाबाट संक्रमित भएको पुष्टि भएको थियो । ततपस्चात उनलाइ क्वारन्टाइनमा राखिएको छ । सुरुको दुइदिन जति ज्वरो र खोकि लागेपनि डाक्टरको सल्लाहमा औषधि खाएपछि निको भएको बताउछिन् ।

अशुंको सल्लाह हामी सबैलाइ
अंशुको अनुसार हामी डरायो भने कोरोनाले झन् नराम्रो असर गर्ने हुदा संयमित हुनको लागि आग्रह गरेकि छिन् र सक्दो तातो पानी पिउन सबैलाइ सल्लाह दिएकी छिन् । हामी पनि कामना गरौ अंशुको चाडै स्वास्थ्य लाभ होस् ।

Saturday, 18 November 2017

केहि आईफोन एक्स को स्क्रीन ठंड मा काम गर्दैन


आईफोन प्रयोगकर्ताहरूले टेलीफोन प्यानलको बारेमा उजुरी गर्न थालेका छन्, जसले ठुलो तापमानलाई प्रतिक्रिया दिन रोक्दैन। एप्पलले समाधानको लागि हेर्छ।
केही आईफोन प्रयोगकर्ता आफ्नो उपकरणहरू स्पर्श स्क्रिनमा कुनै पनि इनपुट पहिचान गर्दा गर्नुभयो जब चिसो बाहिरी तापमान उजागर यो हप्ता एक्स उजुरी थाले। स्याउ सुझाव सेल्सियस 0 डिग्री 35 डिग्री सेल्सियस बीच आफ्नो उपकरणहरू सञ्चालन - 32 95 डिग्री फरेनहाइट। तर केहि Reddit प्रयोगकर्ताहरूले भने कि तिनीहरूले त्यो दायरामा समस्या अनुभव गरे।
"यो शाब्दिक बाहिर खर्च गर्न दुई सेकेन्ड लाग्छ मेरो स्क्रीन अब receptive खर्च गर्न वेब साइटहरु मेरो औंला पहिचान प्रयास गर्नुहोस्," यस्तो लेखे त्यसपछि बाहिर तापमान, लगभग 50 डिग्री थियो फरेनहाइट थपियो गर्ने Reddit मा Darus214 प्रयोगकर्ता, 10 डिग्री सेल्सियस।
Apple ले भन्यो कि अवस्था अस्थायी , त्यो भविष्य भविष्य सफ्टवेयर अपडेटमा तय गरिनेछ।
"हामी ती घटनाहरू बारे जान्दछन् जहाँ आईफोन एक्स स्क्रिनले अस्थायी रूपमा द्रुत वातावरणमा छिटो परिवर्तन पछि सम्पर्क गर्न रोक्न सक्छ, धेरै सेकेण्ड पछि, पर्दा पुरा तरिकाले उत्तरदायी हुनेछ" एप्पलले एक बयानमा भन्यो। "भविष्य भविष्य सफ्टवेयर अद्यावधिकमा यो सम्बोधन गरिनेछ।"
अन्य Reddit प्रयोगकर्ता द्वारा प्रदान गरिएका टिप्पणीहरूको आधारमा, समस्याले सबै आईफोन एक्स इकाइहरूलाई प्रभाव पार्दैन।