"थप फाइबर " "हाइड्रटेड रहनुहोस्" (Drink More Water and Stay Hydrated), जुन सल्लाह हामी सबैँले अरुबाट पाउने गर्दछौँ र यसलाइ सकारात्मक तरिकाले पनि लिनुपर्छ । तर बजार जादा के-के खानेकुराहरु किन्ने भन्ने बारेमा हामीलाइ थाहाँ नहुन सक्छ ।
तल हामी बिशिष्ट खानेकुराहरु हेरौ जसले यो समस्यालाइ कम गर्न मदत गर्छ र अनावस्यक खानेकुराहरु को बारेमा पनि जानौ जसले समस्यालाइ बल्झाउछ ।
फाइबरको प्रकारहरु (Types of Fiber)
1. घुलनसिल फाइबर
मकैको पिठोलाइ पानीमा घोल्दा कस्तो बन्छ तपाइले अनुमान गर्न
सक्नुहुन्छ । यो फाइबरले गर्दा दिसा कोमल हुन्छ र मलद्धाबाट सजिलैसँग निस्कन्छ जुन
हेमोरोइड्सबाट जोगिनको लागि अति आवश्यक कुरा हो ।
2. अघुलनशिल फाइबर
जुन पानीमा घुल्दैन, जस्तोकि यदि तपाइले ब्रोकोलीको टुक्रालाइ यो फाइबरको रुपमा लिन सक्नुहुन्छ । यो फाइबरले हामीले खाएको कुराहरुलाइ आन्द्राबाट सजिलै जान मद्धत गर्दछ । जुन शरिरलाइ सन्तुलित बनाउन अत्यावश्यक हो फाइबर बढि भएको धेरै खानेकुराहरुमा हामीले यो दुबै प्रकारको फाइबर प्राप्त गर्न सक्दछौ । मानिसलाइ दैनिक 15 ग्रामभन्दा बढि फाइबरको आवश्यकता हुन्छ । तर धेरै फाइबरको मात्रा भयो भने पनि पेटमा ग्यास धेरै जम्मा हुने वा पेट फुल्ने समस्या हुन्छ साथसथै हेमोरोइड्सबाट जोगिनको लागी तरल पदार्थको सेवन पनि बढि गर्नुपर्छ , दैनिक 2-3 गिलास पानी पिउनुपर्छ ।
काजु तथा गेडागुडीहरु
तपाइले गेडागुडीहरुबाट पनि पर्याप्त मात्रामा फाइबर प्राप्त गर्न सक्नुहुन्छ । अन्दाजी वटा आलमोन्डमा तपाइले ति ग्रामजती फाइबर सजिलै पाउन सक्नुहुन्छ, दैनिक गेडागुडीको सेवनले तपाइको सरिरलाइ फाइबर कमि हुन दिदैन ।
हामीलाइ मासु धेरै मन पर्छ तर मासुमात्रा खानुभन्दापनि मासुको साथसाथै खानामा गेडागुडी, जस्तै राजमा, भटमास आदि राख्नाले शरिरलाइ धेरै फाइदा पुग्छ ।
थप कुराहरु
यदि तपाइलाइ पाइल्स वा हेमोरोइड छ भने, ध्यान दिनुपर्ने मुख्य कुरा भनेको दिसालाइ नरम बनाउने हो । किनभने जब हाम्रो मलद्वारमा पाइल्स वा हेमोराइडले गर्दा घाउ हुन्छ सो घाउ निको हुन समय लाग्छ । र साधारणतया मानिसहरु दैनिकी दिसा गर्ने हुदा सो घाउ झन बल्झिन्छ । त्यसैले यदि दिसा नरम आयो भने हाम्रो दिसा निस्कासन हुने ठाउ, मलद्वार धेरै फैलिदैन र दिसाले हाम्रो मलद्वारको छालामा दवाव दिदैन । यस्तै क्रम चलिराख्योभने एक हप्तामा हाम्रो दिसाबाट रगत आउन रोकिन्छ र दिसा गर्दा गाह्रो हुदैन ।
तर हामीले बुझ्नुपर्ने कुरा भनेको जब हाम्रो दिसा साह्रो आउछ तब नै पाइल्स वा हेमोरोइड जस्ता समस्याहरु देखा पर्दछ । यदि बजारमा किनेको खानेकुराहरु खोनेहो भने यस्तो समस्याहरु आइरहन्छ ।
के खाने
पाइल्सबाट बच्नको लागि हामीले धेरै खर्च गर्नुपर्दैन । ढिडो, गहु, मकै, गेडागुडी आदी सिंगै पकाएर खानेहो भने हामीले पर्याप्त मात्रामा फाइबर प्राप्त गर्न सक्छौ र बजारमा यीनै चीजबाट बनेको, पाउरोटी, बिस्कुट, जेरि, आदि जुन खाना प्रोसेस गरेर बनेका छन हामीले खान कम गर्नु पर्दछ ।
र अन्तिममा म के भन्न चाहन्छुभने, हामी सबैँ नेपाली स्वस्थ रहौँ, बजारका प्रोसेस्ड (processed) खानेकुराहरु नखाऔँ ।
